अशिष्मालाई फिल्ममा लिँदा ‘कुकम्यान’ नचाहिने !



[dropcap][/dropcap]लचित्र शुटिङ्ग सेटमा नायिकालाई बिशेष व्यबस्था हुन्छ। नायिकाको सेवाको लागि पनि केहि व्यक्ति हुन्छन्। उसलाई केहि खानुपर्ने छ या खाना-खाजा खाने समय हुन लाग्यो ‘कुकम्यान’लाई हतार हुन्छ। प्रायः शुटिङ्ग सेटमा यस्तै भेटिन्छ तर नायिका अशिष्मा नकर्मीलाई नायिका बनाउने हो भने यि सबै झन्झटबाट मुक्ति मिल्नेछ।

ashisma-khaja

उनि आँफै भान्छामा गएर खाजा बनाउँछिन्। उल्टै कुकम्यानलाई समेत आँफैले बनाएर खुवाउँछिन्। हाल फ्लोरमा रहेको चलचित्र ‘अधकट्टी’मा अशिष्मा नायिका छिन्। सो चलचित्रको शुटिङ्ग सेटमा कुकम्यानलाई गजबको सुविधा छ। नायिकाले खाजा बनाउने अरुले मिठो मान्दै खाने। ‘अधकट्टी’मा मात्र होइन उनले अन्य सेटमा पनि यसैगरी भान्छामा छिरेकी थिइन्।

‘शुटिङ्गमा आँफै भान्छामा गएर खाजा बनाउँछु’ अशिष्मा भन्छिन्, ‘मैले पनि खान्छु, अरुलाई पनि खुवाउँछु’। ‘अधकट्टी’ सेटको अनुभव सम्झँदै ठुलोपर्दा डटकमसँग अशिष्माले भनिन्, ‘साह्रै मिठो खाजा भएछ, सबै खुशी हुनुभयो’।

ashisma-khaja1

‘शुटिङ् सेटमा २ वटा कामको सहमती ?’ यो प्रश्नमा उनि भन्छिन्, ‘भान्छामा चाहिँ माया पाउनलाई हो। मेरो त दुवै हातमा लड्डु। एउटा मा माया अर्को मा भविष्य’।

– Gossip

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu