वर्कशप तयारीको लागि निर्देशकका अध्यक्ष सहितको टोली पोखरामा



DC-pokhara

[dropcap]सि[/dropcap]नेमाटोग्राफरहरुको लागी लक्षित गरी निर्देशक समाजले गर्न लागेको ‘वर्कशप अन डिजिटल फिल्मीङ’ नामक कार्यशालाको तयारी को लागी निर्देशक समाजको अध्यक्ष दिनेश डिसी सहितको टोली अहिले पोखरामा व्यस्त छ । आगामी चैत्र २७ गतेबाट २०७१ बैशाख १ गतेसम्म हुने उक्त कार्यशालाको तयारीको लागी डिसी सहित कोषाध्यक्ष सुमन दाहाल को साथमा कार्यसमिती सदस्य योगेश घिमिरे अहिले पोखरामा छन् ।

अध्यक्ष डिसीले पोखराको व्यवस्थापनको तयारीको लागी आफुहरु पुगेको जानकारी गराउदै त्यसक लागी त्यंहाका स्थानीय उद्योग बाणिज्य संघ, होटल एशोसियसन तथा यातायातसंग सम्बन्धित बिभिन्न संघ संस्था संग छलफल गरिरहेको जानकारी दिए । ‘काठमाडौँमा महासचिव ऋषि लामिछाने र उपाध्यक्ष राजु केसीले ब्यबस्थापनको काम गरिरहनु भएको छ र म सहितको एक टोली पोखराको ब्यबस्थापन के कसरी गर्ने भन्नेमा जुटेका छौं’ अध्यक्ष डिसीले ठुलोपर्दा डटकमसँग भने ‘बुधवार तीन बजेको मिटिंग पछि हामी पनि काठमाडौँ फर्किन्छौँ’ ।

काठमाडौंमा उद्घाटन भई वन्दिपुरमा र पोखरामा सञ्चालन हुने उक्त कार्यशालामा नेपाली चलचित्रका ‘सिनेमाटोग्राफर’हरु तथा सहभागी सबैलाई हलिउडका चर्चित तथा अनुभवी दृश्य निर्देशकहरु द्वय ‘जस्टिन डिलन’ र ‘जेम्स ईभान अगेर्टन’ले प्रशिक्षण दिनेछन् । ५ दिनसम्म चल्ने यो कार्यशालामा ५० जनाले सहभागिता जनाउने छन्, जसमा सहभागी हुन चाहनेहरुको लागी निर्देशक समाजका सदस्यहरुको लागी ७ हजार तथा अन्यको लागी १० हजार शुल्क लाग्ने यसघी नै बताईसकिएको छ ।

नेपाली ‘सिनेमाटोग्राफर’हरुको लागी डिजिटल प्रविधीको ज्ञान बृद्धिको लागी सघाउने हेतुले तथा उनीहरुमा थप स्तरियता तथा दक्षता बृद्धी होस भन्ने उद्देश्यले यो कार्यशाला आयोजना गर्न लागिएको समाजका उपादक्ष्य राजु केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu