कमलको ‘माया हो’ गीतमा छल्कियो आकाश र पबीको प्रेम



पछिल्लो समय म्यूजिक भिडियोको बजार खस्किएको छ । म्यूजिक भिडियो निर्माण पनि निक्कै कम हुने थालेको छ । तर, नेपमेलो नामक कम्पनीले भने भिडियो निर्माण र भिडियो प्रमोशनलाई निरन्तर अगाडि बढाइरहेको छ । यसैबिच, नेपमेलो कम्पनीको युट्युब च्यानलबाट ‘माया हो’ बोलको गीत सार्वजनिक गरिएको छ ।

यो गीतमा कोमल सोबको स्वर, संगीत र शब्द छ । भिडियोको निर्देशन गम्भिर बिष्टले गरेका हुन् । भिडियोमा पवन सुस्लिङको छायांकन, नविन निरौलाको सम्पादन छ ।

यो गीतको भिडियोमा मोडलद्धय आकाश कार्की र पबी साकीको अभिनय हेर्न सकिन्छ । पबी सुदुरपश्चिममा रहेर मोडलिङ गर्दै आएकी मोडल हुन् । टिकटकमा उनको राम्रो फ्यान क्रेज छ । भिडियोमा आकाश र पबी रोमान्टिक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu