पूजाको मायामा भुतुक्कै पुष्प



चलचित्रको पर्दामा एकसाथ नदेखिएका नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियोमा भने निरन्तर काम गरिरहेका छन् ।

उनै, पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ ।

रानी शाक्यको युट्युब च्यानलबाट सार्वजनिक गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu