‘शिरफुल’ गीतमा लक्ष्मी र जीवनको जीवन्त अभिनय



गायिका रेखा जोशीको स्वरमा ‘शिरफुल–सुनका बाला २’ गीत सार्वजनिक भएको छ । गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ । रेखाको स्वरमा यो गीतको अडियो कर्णप्रिय छ ।

भिडियोमा कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराइको जीवन्त अभिनय छ । भिडियोमा लक्ष्मी र जीवनले गीतको अडियोको भावमा अभिनय गरेका छन् ।

भिडियोमा लक्ष्मी र जीवनको साथमा अश्विनी बर्देवाको अभिनय छ । बुद्ध लामाको छायांकनमा तयार भएको भिडियोमा विष्णु खड्काको सम्पादन छ ।

काठमाडौंमा काम गर्न गएका आफ्ना श्रीमान्लाई संझिएर सुदुरपश्चिमकी एक महिलाले पोखेको भावमा यो गीत तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu