नेपाली क्रिकेट टोलीलाई ‘फिटकिरी’को १ लाख ३७ हजार



cricket-samman

[dropcap][/dropcap]तिबेला प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘फिटकिरी’ले नेपाली क्रिकेट टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। बंगलादेशमा भएको ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत गत विहिवार भएको नेपाल र अफगानिस्तान बीचको खेलमा ‘छ्क्का’, ‘चौका’ हान्ने तथा नेपाली ब्याट्सम्यान र प्रत्येक विकेट लिने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो।

प्रत्येक छ्क्का हान्ने खेलाडीलाई रु. २० हजार, चौका हान्ने र विकेट लिने प्रत्येक खेलाडीलाई ३ हजार रुपैंया प्रदान गरिएको छ। बुधवार राजधानीमा आयोजित कार्यक्रममा जम्मा-जम्मी १ लाख ३७ हजार नेपाली खेलाडीलाई प्रदान गरिएको । सुवास खकुरेललाई ३८,००० /-, शरद भेषवाकरलाई १५,००० /-, सागर पुनलाई ३,००० /-, ज्ञानेन्द्र मल्ललाई २९,०००/-, विनोद भण्डारी ३,०००/-, सोमपाल कामीलाई ६,०००/-, जितेन्द्र मुखिया ९,०००/-, बसन्त रेग्मी ३,०००/-, शक्ति गौचन ६,०००/-, पारस खड्का (कप्तान)लाई २५,०००/- पुरस्कार प्रदान गरिएको छ।

नेपाली चलचित्रले खेलाडी सम्मान गरेको पहिलो अवसर नै क्रिकेट खेलाडीले पाएकोमा खुशी लागेको बताउँदै कप्तान पारस खड्काले कार्यक्रममा भने, ‘नेपाली चलचित्र र खेलले एकसाथ प्रगती भईरहेको छ। जसरी हरेक नेपालीले क्रिकेटलाई माया गर्नुभयो त्यसरी नै नेपाली चलचित्र पनि हरेक नेपालीले हेर्नुहुनेछ’। निर्माता अर्जुन कुमारले खेलाडीको मनोवल बृद्धीको लागी यो कदम चालेको बताए।

सम्मान कार्यक्रममा शक्ति, बसन्त, सोमपाल, सागर र जितेन्द्र भने उपस्थित थिएनन्। चलचित्र क्षेत्रका पत्रकारको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा नायिका निशा अधिकारी, नायक कर्मा शाक्य लगाएत फिटकिरी चलचित्रकी नायिका शान्ति गिरी, नायक निश्चल बस्नेत उपस्थित थिए। नायिका दिया मास्के भने कार्यक्रमको अन्त्यमा फोटोशुटको लागि मात्र आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu