आलिया र रणवीरलाई पुत्री लाभ



बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरलाई पुत्री लाभ भएको छ । आइतवार विहान मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको भारतीय मिडियाले बताएका छन् । आलिया आइतबार बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् ।

Alia Bhatt to turn mommy within 48 hours, Ranbir Kapoor cancels all work  commitments - India Today

गत मार्चमा आलियाले लण्डनको अस्पतालमा भिडियो एक्स-रे गरेको तस्विर राख्दै आफू आमा बन्न लागेको खुसी साटेकी थिइन् । १४ अप्रिल २०२२ मा आलिया र रणवीरले विवाहमा परिणत गरेका थिए । आलियाले छोरीलाई जन्म दिएको एचएन रिलायन्स हस्पिटल त्यही हो, जहाँ रणवीरका पिता तथा अभिनेता ऋषि कपूर भर्ना भएका थिए भने त्यहीँ निधन भएको थियो ।

आलियाले विवाह बन्धनमा बाँधिएको चार महिनामा आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । रणवीर र आलियाले पहिलो पटक एकसाथ काम गरेको चलचित्र ‘ब्रह्मास्त्र’ गत सेप्टेम्बरमा प्रदर्शन भएको थियो । यो चलचित्रले बक्सअफिसमा राम्रो कमाई गरेको थियो । आमा-बुबा बनेका अलिया र रणवीरलाई चौतर्फी बधाई मिलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu