पर्यटन मन्त्री श्रेष्ठ र अभिनेता हमालले सार्वजनिक गरे कृष्णको ‘रानी माया’



काठमाडौँ।
गायक कृष्ण विकको दोस्रो गीत ‘रानी माया’ सार्वजनिक भएको छ । सोमबार आयोजित एक कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र अभिनेता राजेश हमालको उपस्थितीमा गीतको भिडियो सार्वजनिक भएको हो । कृष्णले यसअघि ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीत गाएका थिए, जुन गीतको भिडियोमा अभिनेता हमाल र अभिनेत्री निरुता सिंहको अभिनय रहेको थियो ।

‘रानी माया’ गीतमा कृष्णले गायिका समिक्षा अधिकारीसँग स्वर साझेदारी गरेका छन् । श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयम् कृष्ण विकको रहेको छ । काठमाडौंमा कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवापुस्ताले नेपाली कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

‘गीतसंगीतको माध्यमले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ । यो गीतमा पनि प्रयोग भएका दृश्यले पक्कै लोभ्याउँछ । हामी पनि यस्ता गीतसंगीत प्रति सकारात्मक छौँ’, मन्त्री श्रेष्ठले भने, ‘चुनावी चटारोकै बीच म युवालाई हौसला मिलोस भनेर नै यहाँ आएको हुँ । आउँदो दिनमा मन्त्रालयले समेत सहकार्य गर्नेछ’, मन्त्री श्रेष्ठले भने । कार्यक्रममा सहभागी अभिनेता राजेश हमालले भिडियो आकर्षक बनेको प्रतिक्रिया दिदै तारिफ गरे ।

‘गीतको भिडियो निर्माणमा गरिएको मेहनत देखिन्छ । विना सम्झौता प्रोजेक्टलाई स्तरीय बनाउनु हामी कलाकारहरूको लागि झनै राम्रो हो । उहाँहरूसँग मैले काम गरिसकेको छु । यसले पनि दर्शकको माया पाउनेमा बिश्वस्त छु’, अभिनेता हमालले भने ।

गायक कृष्णले गीतसंगीत स्तरीय बनाउने आफ्नो चाहना रहेको बताए । ‘यो मेरो दोस्रो प्रयास हो । अडियो र भिडियोलाई बलियो बनाउने कोसिश गरेको छु । गायनसँगै अभिनय गर्दा रमाइलो भयो’, गायक कृष्णले भने ।

गीतमा स्वयम् गायक कृष्णले अनु आचार्यसँग अभिनय गरेका छन् । गीतमा सन्तु तामाङको मेकअप, सरस्वती श्रेष्ठको हेयर, बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ्ग संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायांकन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu