गायक दुतराज भन्छन्, “म केहि छिन हराउनु म मर्नु हैन नि !”



काठमाडौँ।
साङ्गीतिक कार्यक्रमको लागि अष्ट्रेलियामा रहेका गायक प्रकाश दुतराजले आफुले आत्महत्या गर्ने कोसिस गरेको भन्ने आशयमा आएका समाचारको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘गलत बुझाई तथा सुचनाको आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नुहुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।’

सामाजिक सन्जालमा दुतराजले लेखेका छन्, “म केहि छिन हराउनु म मर्नु हैन नि !”

उनले लेखेका छन्, “कहिले काहिँ हराई दिन्छु, यसै यसै .. । कहिले हरियाली पाखा पखेरी, उकाली-ओराली, चौतारी अनि देउरालीहरु सँगै .. । कहिँ उजाड बगर, मरुभूमिहरु सँगै बालुवाझैं उडिदिन्छु .. । कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्‍याई डुबाई दिन्छन् .. । कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु ..।”

“हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । यसलाई रोग भनुँ या मेरो विशेषता । यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु । धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे । म केहि छिन हराउँनु म मर्नु हैन नि !”, उनले विस्मय प्रकट गरेका छन् ।

समाचारले परिवारमा परेको असरबारे उनले थपेका छन्, “बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो, सानो दुखले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई ..।”

उनले मिथ्या सुचना दिनेलाई आफुलाई माया गर्नेहरु को आँशुले सराप्ने बताउँदै भनेका छन्, “कसरी मार्न सक्थे र यो शरीरलाई । गलत बुझाई तथा सुचना को आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu