‘आउन राजा’ गीतमा आर्यन र बेनिशाको जोडी



काठमाडौँ । अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देलको अभिनय रहेको नयाँ भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ। भिडियोमा बेनिशा र आर्यनको जोडी सुहाएको छ भने दुवैको अभिनय तारिफयोग्य छ।

गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने, एसडी योगीको सङ्गीत रहेको छ ।

निखारिएको अभिनय गर्ने अभिनेत्री बेनिशाले आफ्नै प्रोडक्शन कम्पनीबाट पहिलो गीत मौरी पिक्चर्सबाट सार्वजनिक गरेकी हुन् । निर्देशक निकेश खड्काको टिमले भिडियो उत्कृष्ट बनाएको छ। भिडियोमा एक युवतिले बिहेको सपना बुन्दै एक युवकको कल्पना गरेको कथालाई निर्देशक खड्काले प्रस्तुत गरेका छन्।

हरी हुमागाईँले छायाङ्कन गरेको भिडियोको कोरियोग्राफी सुभम भुजेलले गरेका हुन्। चानस पुन मगरको भिएफएक्स रहेको भिडियोमा सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । यस भिडियोको कार्यकारी निर्माता केदार भुषाल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu