शाहरुखको रुप बदल्न ओस्कार विजेतालाई जिम्मा



shaharukh

[dropcap][/dropcap]लिउड सुपरस्टार शाहरुख खान, जसको संसारभर करोडौं फ्यानहरु छन् । तर, उनी अब आफै फ्यान बन्ने तयारीमा छन्, त्यो पनि अहिलेसम्मै नदेखिएको गेटअपमा । उनको आगामी चलचित्र ‘फैन’ मा किंग खान एक हार्डकोर फ्यानको भुमिका निभाउदैछन् । रमाईलो कुरा के छ भने, यो चलचित्रमा उनी एक साधारण मानिसको रुपमा प्रस्तुत हुनेछन् ।

त्यसका लागि उनले विशेष मेकओवर पनि गर्नेभएका छन् । चलचित्र ‘ओम शान्ति ओम’ का लागि शाहरुकले एट प्याक एब्स बनाएका थिए भने चलचित्र ‘फैन’को लागि पनि उनले केही बिषेश गर्ने सोचमा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बिशेष गरेर यो चलचित्रका लागि उनले लुक्समा एक्सपेरिमेन्ट गर्न लागेको बताईएको छ । अहिलेसम्म नदेखिएको शाहरुकको रुप चलचित्रमा देख्न पाईनेछ ।

शाहरुखको मेकओभरको जिम्मा ओष्कर अवार्ड बिजेता साथै हलिवुडको स्पेशल इफेक्ट राखिएका फिल्महरुमा कलाकारहरुलाई नयाँ लुक्स दिने चर्चित मेक अप आर्टिष्ट गै्रग कैनमलाई दिईएको छ । चलचित्र ‘फैन’को निर्देशन मनिष शर्माले गर्दैछन् । मनिषले यसअघि ‘बैंड बाजा बारात’, ‘लेडी भर्षेज रिकी बहल’, ‘शुद्व देशी रोमान्स’ लगायतका चलचित्रको निर्देशन गरिसकेका छन् ।

यशराज फिल्मस्को ब्यानरमा बन्न लागेको यस चलचित्रको कथा हबीब फैजलले लेखेका हुन् । चलचित्रको सुटिङ्ग ‘मे ‘बाट गरिनेछ । अब हेर्न यो बाँकी छ कि शाहरुखको अहिलेसम्मै नदेखिएको रुप कस्तो हुने हो ?

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu