‘राहदानी’का प्रचार सामग्री एवं गीत संगीत सार्वजनिक



rahadani-1

[dropcap][/dropcap]रिब २७ लाख नेपालीहरु बैदेशिक रोजगारका लागि खाडी मुलुकमा रहेको बेला उनीहरुको समस्या चलचित्रमा उठाइनु पर्ने महिला बालबालिका तथा समाजकल्याण सचिब दिनेशहरि अधिकारीले बताएका छन् । कवि तथा गीतकार समेत रहेका सचिब अधिकारीले बिहिबार राजधानीमा चलचित्र ‘राहदानी’का प्रचार सामग्री एवं गीत संगीत सर्वजनिक गर्दै यस्तो धारणा राखेका हुन् ।

सो चलचित्रमा कविको रुपमा अभिनय समेत गरेका सचिब अधिकारीले भने,’म कविता लेख्ने मान्छे कविकै रुपमा चलचित्रमा अभिनय गर्न पाउादा खुसी लागेको छ । बैदेशिक रोजगारका कैयौं बिकराल समस्यालाई चलचित्र राहदानीमा उठाईएकोले राहदानी आम नेपालीको सिनेमा बनेको छ ।’ आफु श्रम सचिब हुँदा बिदेशमा मृत्यु भएका नेपालीको लास नेपाल मगाउन एउटा कोश स्थापना गरेपछि नेपाली कामदारको लास नेपाल मगाउन सजिलो भएको जानकारी गराउँदै अधिकारीले भने,’कुनै पनि नेपालीको बिदेशमा मृत्यु नहोस र मृत्यु भएका नेपालीका पारिवारले अब त्यस्ता समस्या नभोगोस भन्ने मेरो चाहना थियो । चलचित्र राहदानीले पनि सोही समस्यालाई उजागर गरेकोमा खुसी लाग्यो ।’

पूर्व गृहसचिव तथा चलचित्र राहदानीका गीतकार चण्डिप्रसाद श्रेष्ठले बिदेशमा नेपाली कामदारले भोगेको समस्यालाई आफुले यो चलचित्रको गीतमा उतारेको प्रकाश पारे । उनले पनि राहदानीले उठाएको मुद्धालाई स्मरण गराउँदै नेपाली युवाले नेपालमै राजगार पाउनु पर्ने कुरामा जोड दिए ।  बिहिबार चलचित्र राहदानीको दुई ओटा गीत, प्रोमो र प्रचार समाग्री सर्वजनिक गरियो । जसमा एउटा आईटम गीत र एउटा सावेदनशिल गीत थियो । चेतन सापकोटा र जुगल डंगोलले संगीत गरेका ती गीतको रचना चण्डिप्रसाद श्रेष्ठ र डब्बु क्षत्रीको रहेको छ । जसमा प्रमोद खरेल र दूर्गा खरेलको स्वर छ । राहदानीमा निशा देशारको स्वर र बसन्त सापकोटाको सागीत रहेको डा. गोबिन्द कुसुमको मारुनी गीत पनि रहेको छ ।

rahadani-2
२८ चैतमा रिलिज गर्ने भनिएको राहदानीलाई केही महिना मुलुकका विभिन्न स्थानमा विशेष प्रदर्शन पछि मात्र देशव्यापी रिलिज गर्ने जानकारी यसका लेखक निर्देशक डब्बु क्षत्रीले गराए । प्रस्तुतकर्ता लक्ष्मी प्रसाद ढकालले यो सिनेमा प्रदर्शनका लागि बिदेशबाट पनि माग आएकाले बिदेशमा पनि चााडै प्रदर्शन गरिने जानकारी दिए ।

दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, बिनिता घिमिरे, नविन लम्साल, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, तेन्जिङ शेर्पा, विधा कार्की, विकाश जोशी, लक्ष्मण बिक्रम बस्नेत, शैलेन्द्र बस्नेत सहितको अभिनय रहेको यो चलचित्रको एउटा गीतमा रिमा विश्वकर्माको आईटम डान्स रहेको छ । जसको छायाँकार रामशरण उप्रेती हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu