‘अंश माग्न देउ’ गीतमा उषा र गीता (भिडियो)



गायिका कमला थापाको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटल युटुब च्यानलमा गीतको भिडियो सार्वजनिक भएको हो । शब्द, संगीत तथा एरेन्ज बाबुल गिरीको रहेको गीतमा गायिका कमला थापाको सुमधुर स्वर रहेको छ ।

निर्देशक माइकल चन्दले निर्देशन गरेको भिडियोमा मोडलद्वय उषा उप्रेती र गीता ढुंगाना प्रस्तुत छन् । उषा र गीतासंगै कमला थापा, नारायण थापा, बेग बहादुर कार्की, दिपा कार्की, सुन्दर कार्की र सेजन कार्की लगायतको पनि अभिनय छ । नवराज उप्रेतीले खिचेको भिडियोमा शिलन लम्सालले सम्पादन गरेका छन् ।

एकपछि अर्काे हिट भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो भिडियोमा नयाँ कन्सेप्टमा काम गरेको बताएका छन् । उनि ‘अंश माग्न देउ’ भिडियोलाई दर्शकले माया दिनेमा आशाबादी देखिएका छन् ।

भिडियमा छोरा–छोरी बराबर हुन् भन्ने सन्देस दिएको छ । छोरीले पनि छोरा समान अंश पाउनुपर्छ, बरु बिहे गरेर श्रीमानलाई माइतमै राख्ने भन्दै रमाइलो शैलीमा भिडियोको कथा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu