‘उचाइँ’लाई नेपाली चलचित्रकर्मीको साथ



शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘उचाइँ’ले नेपाली दर्शकको मात्र नभएर नेपाली चलचित्रकर्मीको पनि साथ पाएको छ । बक्स अफिसमा सुखद कमाई गरिरहेको यो चलचित्रको बिषयमा चलचित्रकर्मीहरुले खुलेरै लेखिरहेका छन् । विशेषगरि, नेपालमा छायांकन गरिएको चलचित्र भएकाले पनि यसले मेकरको साथ पाएको हो ।

काठमाडौंमा आयोजना गरिएको विशेष शोमा यो चलचित्र हेर्न उल्लेख्य चलचित्रकर्मी पुगेका थिए । उनीहरुले उचाईले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भुमिका खेलेको भन्दै प्रशंसा गरे ।

निर्देशक मिलन चाम्सले आफूले विदेशी चलचित्रको प्रमोशन यस अगाडि नगरेको भए पनि यसपटक नेपालको भूमिलाई गज्जब तरिकाले खिचिएको भन्दै यो चलचित्रलाई सबैले साथ दिन आवश्यक रहेको उल्लेख गरेका छन् । उनीमात्र होइन अन्य थुप्रै मेकर पनि यसको पक्षमा खुलेर लागेका छन् ।

विश्वको सबैभन्दा अग्लो सगरमाथाको आधार शिविरसम्म खिचिएको यो चलचित्रले नेपालको पर्यटनको विकासमा ठूलो भूमिका खेलेको छ । सुरज बड्जात्याको निर्देशनमा तयार भएको चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, डेनी लगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu