असार २७ मा ‘नागबेली’ आउने



naagbeli

[dropcap]ला[/dropcap]मो समयको नृत्य निर्देशन पछी सफल नृत्य निर्देशकको उपमा पाएका गोविन्द राईको डेब्यु निर्देशनमा तयार चलचित्र ‘नागबेली’ आउँदो असार २७ गते बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। शुक्रवार राजधानीमा एक कार्यक्रम गरी यो चलचित्रको रिलिज मिती घोषणा गरियो ।

नृत्य निर्देशनको अनुभव त छँदै छ त्यो माथी ‘नागबेली’ले चलचित्र निर्देशनको अनुभव थपिएको पहिलो पटक नै चलचित्र धेरै राम्रो बनेको दावी गर्दै पहिलो प्रयासलाई हलसम्म पुगेर हेरेर त्यसपछिको आफ्नो मार्गको लागी कमेन्ट गरिदिन निर्देशक राईले कर्यक्रम मार्फत आग्रह गरे ।

पत्रकार तथा समिक्षक दिपेन्द्र लामाको कथामा तयार भएको यो चलचित्रमा बिक्की मल्ल, हर्शिका श्रेष्ठ, यशराज, सुरबी जैन बिष्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसघी नै सेन्सर बोर्डबाट ‘पिजी सर्टिफिकेट’पाएको यो चलचित्र ‘नागबेली’ले युवावर्गको जीवनमा आउने विभिन्न घुम्तीहरुका अनेकन पाटोहरुलाई समेटेको निर्माण युनिटले जानेको छ ।

रामशरण उप्रेतीको छायाँकन एवं विवि अनुरागी र शितल मोक्तानको संगीत रहेको यो चलचित्रमा द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको रहेको छ । रोमीयन चेम्जोङको लगानी रहेको यो चलचित्रले सफल नृत्य निर्देशकको उपमा पाएका राईको ठुलोपर्दाको निर्देशनको चाहनालाई पहिलो पटक नै सफलताको स्वाद चखाऊँछ कि नाई त्यो भने समयले बताउने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu