माधव खरेलको निर्देशन बनेको हिन्दी गीत ‘ओ बेवफा’ रिलिज



चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत ‘ओ बेवफा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आर.जे.म्युजिक प्रोडक्सनको यूट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि तमाङको अभिनय छ ।

नेपाली, भोजपुरी मैथिली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाइसकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।

झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौं म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवापुस्ताले माया प्रेमलाई धन, सम्पतिसँग तुलना गर्नुका साथै मिलन र विछोडको कथालाइ दृश्यमार्फत् देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोमा जीवन पराजुलीको छायांकन रहेको छ भने म्युजिक भिडियोमा सम्पादन क्यामोदिन मियाँले गरेका छन् ।

त्यस्तै, स्थिर छायांकारका रुपमा राजन खरेल रहेको भिडियोलाई एनिमेटर तथा निर्देशक समेत रहेका समिर मियाँले रंग संयोजन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोलाई निर्माता तथा पत्रकार कमला जोशीले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu