सकारात्मक चिन्तन र सोचलाई दर्शाउने आस्थाको गीत



काठमाडौँ। गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोशिस गर’को भिडियो सार्वजनिक भएको छ । साबित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत रहेको गीतले सकारात्मक चिन्तन र सोचलाई दर्शाएको छ ।

दृष्टिविहिनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहिनको गीत सुनेपछि आत्महत्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नुलगायतका दृश्यलाई मार्मिक ढंगले भिडियोमा देखाइएको छ ।

गीतमा अभिनय गर्दै गायिका आस्था राउत

भिडियोमा गायिका एक घुमन्ते फोटोग्राफरका रुपमा प्रस्तुत छिन् । जसले खिचेको भिडियो फुटेज हेरेर दृष्टिविहिन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडियो बोलाएका छन् ।

भिडियोमा गायिका आस्था, ‘द भ्वाइस अफ नेपाल’की रिता राई, इश्वर लकाई खड्का, सरु दाहाल र खड्ग गन्धर्व फिचर्ड छन् ।

भिडियोमा शान थापाको निर्देशन, पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu