‘द भ्वाईस’को टपटेनमा पुगिन् परिजिता



काठमाडौँ।
नेपाली मुलकी १७ बर्षिया परिजिता बास्तोला अमेरिकाको ‘एनबिसी’ टेलिभिजनबाट प्रशारण हुने ‘द भ्वाईस’को टपटेनमा पुगेकी छिन् । विश्वभरबाट प्राप्त मतबाट उनि टपटेनमा पुगेकी हुन् । उनि जोन लिजेन्डको टोलीमा छिन् ।

ब्लाईन्ड अडिशनमा ल्याब्रिन्थ नामले परिचित अंग्रेजी गायक तिमोथी ली म्याकेन्जीको ‘जेलस’ बोलको गीत बास्तोलाले गाउँदा चारैजना कोचले मेच घुमाएका थिए तर, उनले टीम लिजेन्डलाई रोजेकी थिइन् ।

माता बिरा तिवारी, पिता पंकज बास्तोला र दिदि प्रियांका सहित अमेरिकाको मेरील्याण्डमा बस्दै आएकी उनले ४ बर्षको उमेरदेखि गीत गाउन सुरु गरेकी थिइन् । दुई दशकअघि नेपालको काठमाडौँबाट बास्तोला परिवार अमरिका पुगेका थिए । परिजिताको जन्म अमेरिकामा नै भएको हो ।

द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रुपमा लिईन्छ । नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu