‘भोट चाहिए रक्सी खुवाउनुस्’ भनेको आरोप लगाएका हिमेशले सच्चाए स्टाटस



काठमाडौँ ।
धादिङ्ग क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा कमेडियन हिमेश पन्तले आफ्नो फेसबुक स्टाटस लाई ‘एडिट’ गर्दै सच्चाएका छन् । उनले स्टाटसमार्फत गाउँका मतदाताको चेतनास्तरमा अझै सुधार नआएको बताउँदै प्रचार-प्रसारमा हिँड्दै गर्दा त्यस क्षेत्रका केहि मतदाताले “जस्ले दिन्छ नोट, उसैलाई भोट” तथा “भोट चाहिए रक्सी खुवाउनुस्” भनेको लेखेका थिए । हाल भने उनले उक्त स्टाटसलाई सच्याउँदै सो कुरा हटाएका छन् ।

फोटोः हिमेश पन्तको फेसबुकबाट

उनले सच्याएता पनि फेसबुकले भने ‘एडिट हिस्ट्री’ हेर्न दिने व्यबस्था गरेका कारण उनले सुरुमा लेखेको कुरालाई समेत सजिलै हेर्न सकिन्छ ।

हालसम्मको मतगणनामा हिमेश अन्य प्रतिस्पर्धी उम्मेदवारभन्दा निकै पछाडि छन् । उनले आफुले विना अनुभव मुख्यमन्त्रीसँग भिडेको भन्दै लेखेका छन्, “मुख्यमन्त्री राजेन्द्र पाण्डेसॅग भिड्ने दम कुनै युवामा थियो ? सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो । जग हाल्ने कामको थालनी भएको छ । हाम्रो सम्मानित मत आउदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्रो बजेको छ। यहि नै हाम्रो ठुलो उपलब्धी हो ।”

हेर्नुहोस् उनको स्टाटसको एडिट हिस्ट्रीः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu