दोश्रो स्थानमा पुगिन् कोमल वली, जित्ने सम्भावना कायमै



काठमाडौँ।
प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत दाङ क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार गायिका कोमल वली हालसम्मको मतगणनामा दोश्रो स्थानमा पुगेकी छन् । उनि ७,७३९ मतका साथ दोस्रो स्थानमा छिन् । नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरी ९,८३४ मत ल्याई प्रथमस्थानमा छन् ।

सो क्षेत्रमा कुल मतदाता एक लाख ४६ हजार ४७५ रहेका छन् ।

चर्चित समाचारवाचक तथा गायिकाको रुपमा बहुचर्चित वली यसअघि दुई वर्ष राष्ट्रिय सभा सदस्य रहिसकेकी छन् । २०७४ सालमा वली राप्रपा छाडेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी थिइन् । ७४ को निर्वाचनमा टिकट नपाएपछि बागी उम्मेदवारी दिएकी थिइन् । तर, राष्ट्रिय सभा सदस्य बनाउने शर्तमा उनको उम्मेदवारी फिर्ता गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu