संगीतको धुनसंगै मानिसको यात्रा हो ‘आधी बाटो’: शबिर



shabir-shrestha

‘हामी तीन भाई’, ‘भरोसा’ र ‘हाँसी देउ एक फेर’ जस्ता चलचित्र दर्शकलाई दिईसकेका निर्माता रमेशले त्वायनाले ‘आधी बाटो’ बनाएका हुन् । चैत २१ बाट देशव्यापी रिलिज हुने यो चलचित्रले प्रेमकथालाई समेटेको छ । प्रायः प्रेमकथालाई चलचित्रको पर्दामा उतार्ने निर्देशक शबिर श्रेष्ठले यो चलचित्रलाई निर्देशन गरेका छन् । म्यूजीकल लभ स्टोरी भनिएको यो चलचित्रले संगीतको धुनसंगै मानिसको यात्रा तय गरेको कथालाई उतारिएको छ । निर्देशक शबिर श्रेष्ठसँग ठुलोपर्दा डटकमले गरेको कुराकानीको संपादित अंशः

१. ‘आधी बाटो’ के हो ? –
आधी बाटो एउटा म्यूजीकल लभ स्टोरी बेस्ड मूभि हो । एउटा संगीतको धुनसंगै मानिसको यात्रा तय गरीएको छ ।

२. आधी बाटो नचले सबैको कदम आधी बाटोमै रोकिन्छ भन्ने हल्ला छ नि, यस्तो किन ?
पक्कै पनि हरेक सर्जकको भबिष्य उनीहरूको सृजनासंग जोडीएको हुन्छ । एउटा चलचित्रमा धेरैको करियर जोडीएको हुन्छ, त्यसरी नै हामी सबैको भबिष्य पनि आधी बाटोसंग जोडीनु स्वभाविक हो । यो कुरा सहि हो दर्शकहरूले यो फिल्म नहेरी दिए हामी हाम्रो उत्तरार्ध सूरू गर्न सक्दैनौ ।

३. तपाईँ किन प्रेमकथालाई जोड दिनुहुन्छ ?
प्रेम एउटा यस्तो प्राकृतिक वा आन्तरिक गुण हो जुन सबै प्राणीमा अनिवार्य रुपमा रहन्छ । प्रेममा ठुलो शक्ति छ, त्यसैले म प्रायः प्रेमकथालाई पर्दामा उतार्ने प्रयास गर्छु ।

४. तपाईँको विचार र आधी बाटोको कस्तो समानता र भिन्नता छन् ?
मेरो विचार र आधी बाटोमा समानता भन्नु भन्दा पनि यसलाई पर्यायको रुपमा लिन सकिन्छ । जीवनमा मानिस एक न एकदिन आधी बाटोमा आएर अल्झिन्छ । त्यस घडीमा कुन बाटो लाग्ने भन्ने कुराको निर्णय हामी आँफैले गर्नुपर्छ । फरक चाहिँ विचार र बिमर्शमा मात्र छ ।

५. दर्शकले यो फिल्म हेरेर के पाउने ?
फिल्म हेरेर पाउने भन्दा पनि के सिक्ने भन्ने महत्वपुर्ण हुन्छ । दर्शकले आधी बाटो बाट आफुलाई बाँकी जीवनमा अघि बढ्ने प्रेरणा पाउनुहुन्छ ।

६. के यो समयानुकुल फिल्म हो ? र किन ?
समाजको वर्तमान स्थितीलाई हेर्दा त त्यस्तै लाग्छ । मानिसहरु आधी बाटोको चक्रब्युहमा पर्ने क्रम जारी नै छ । तर आधी बाटोलाई हेरे पछि जीवनको आधी बाटोलाई मोड्न सक्ने हिम्मत भने आउँछ ।

७. गायकलाई किन नायक बनाउनुभयो ?
यश कुमारजी एउटा राम्रो गायको साथ साथै एउटा राम्रो कलाकार पनि हो । र अर्को मुख्य कुरा चलचित्र संगीतमा अधारीत छ, र यशजीको उपस्थितिले चलचित्रलार्इ झन बढी जीवन्तता प्रदान गरेको छ ।

८. चलचित्र भित्रका पात्र बारे भन्नुपर्दा ?
‘आधी बाटो’मा मुख्य भुमिकामा यश कुमार, सबिन श्रेष्ठ, जेनिशा केसी लाई देख्न सक्छौँ । अनु शाह, रुबी राणा, धिरेन शाक्यको अभिनय पनि रहेको छ ।

९. अन्त्यमा ?
चैत २१ देखी फिल्म ‘आधी बाटो’ नेपालभर रिलिज हुँदैछ । त्यसकारण म दर्शकलाई आधी बाटो हेरिदिनुहुनका लागि अनुरोध गर्दछु । वहाँ हरुको सद्भाव र मायाले गर्दा यो फिल्मलाई ‘ग्राण्ड सक्केस’ र ‘सुपर डुपर हिट’ बनाउन सकिन्छ । यहि नै हाम्रो लागि महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu