एक्सन प्रधान ‘कुर्वान’ फ्लोर जाने तयारीमा



kurbaan

[dropcap]गी[/dropcap]त रेकर्डिङ्गको काम सकिएलगत्तै चलचित्र ‘कुर्वान’को निर्माण युनिट चलचित्रलाई फ्लोरमा लैजाने तयारीमा जुटेको छ । प्रेमका बिबिध पक्षहरुलाई समेटेर एक्सन प्रधान जनरामा निर्माण हुन् लागेको यो चलचित्र यहीं चैत्र १७ गतेबाट फ्लोरमा जाने भएको हो ।

चलचित्रमा समावेश हुने चारवटा गीतमा संगीत संगीतकार टंक बुढाथोकीले भरेका छन् भने उनको समेत स्वर रहने गीतमा गायिका जुना प्रसाईले बुढाथोकीलाई साथ दिएकी छिन् ।

प्रेम तामाङ्ले लगानी गर्न लागेको यो चलचित्रका निर्देशक बेदप्रसाद भुर्तेल हुन् । चालिस दिनमा सुटिङ्ग प्याकअप गर्ने लक्ष्य राखेर फ्लोरमा जान लगेको चलचित्र ‘कुर्वान’मा सविन श्रेष्ठ, आयुश्मा कार्की, प्रज्जवल गिरी, उमेश उप्रेती, अभय चन्द, कमलकृष्ण लगायतका कलाकारहरुको अभिनय रहने छ ।

चन्द्र पन्तको द्वन्द रहने यो चलचित्रमा कोरियोग्राफी कविराज गहतराजको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu