‘स्पेस’ टेलिभिजनका तीन रियालिटी शो घोषणा



काठमाडौँ ।
‘स्पेस’ टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै टेलिभिजनले बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा ‘ऱ्याप स्टार’ र डेटिङ गेम शो ‘फर्स्ट डेट’ घोषणा गरेको हो । सम्मेलनमा सबै शोका निर्णायक र निर्देशक सार्वजनिक भएका छन् ।

‘ऱ्याप स्टार’निर्णायकमा गिरिश खतिवडा, सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् । ‘जस्ट डान्स लिटिल मास्टर्स’मा सञ्चिता लुईटेल, प्रदीप लामा, प्रकाश बिके रहेका छन भने ‘फर्स्ट डेट’का क्रियटर तथा प्रोजेक्ट हेड रेमनदास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक आश्वीन न्यौपाने रहेका छन् ।

कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा दिनेशकुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमतालाई अन्वेषण गर्ने र त्यस्ता क्षमतालाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शो ल्याइएको बताए ।

‘फर्स्ट डेट’सन् २०२३ को प्रणय दिवसलाई लक्षित गरेर प्रशारण हुनेछ भने ‘जस्ट डान्स लीटिल मास्टर्स’ आउँदो वैशाख र ‘ऱ्याप स्टार’पुस महिना देखि प्रशारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu