गेहेन्द्र धिमाल फाउण्डेशनले वन्यजन्तु फोटोग्राफी र व्यक्तित्व विकासमा मास्टरक्लास दिने



काठमाडौँ ।
कला र चलचित्र कर्मिका लागि विभिन्न काम गर्दै आएको गेहेन्द्र धिमाल फाउण्डेशनले वन्यजन्तु फोटोग्राफी र व्यक्तित्व विकासमा मास्टरक्लास आयोजना गर्ने भएको छ । यसले कला र कलाकर्मिहरुको उत्थान र प्रबर्धन गर्नका लागि क्रिएटर्स स्टुडियो परियोजनाको सुरुवात गर्दै मास्टर क्लास नामक कार्यक्रमको सुरुवात भएको जनाएको छ ।

प्रशिक्षक बिबेक उपाध्याय (बायाँ) र फोटोग्राफर ओमप्रकाश यादव

यो मास्टर क्लासले नयाँ पुस्तामा बिभिन्न कला पेशाका बारेमा कार्यशाला गर्ने बताईएको छ । १४ जनवरी २०२३ शनिबार बिहान ११.०० बजेदेखि दिउसो ४.०० बजेसम्म फोटोग्राफी र ब्यक्तित्व बिकासका दुई शिर्षकमा मास्टर क्लास हुनेछन् । वन्यजन्तु फोटोग्राफीका बारेमा बरिष्ठ वन्यजन्तु फोटोग्राफर ओमप्रकाश यादव र ब्यक्तित्व बिकासका बारेमा लण्डनबाट प्रशिक्षित प्रशिक्षक बिबेक उपाध्यायले २ घण्टा लामो प्रशिक्षण दिनेछन् ।

यसमा भाग लिनको लागि आयोजक संस्थाको वेबसाइट dhimal.org मार्फत एक क्लास वा दुवै क्लासको लागि आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu