अग्नीको डिजे गीत ‘र्‍याट्ट र्‍याट्ट’मा सरोज र आभा (भिडियो)



काठमाडौँ ।
अग्नी पराजुली र अस्मिता अधिकारीको स्वरमा रहेको नेपाली डिजे गीत ‘र्‍याट्ट र्‍याट्ट’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरोज प्रजा र आभा थापाको अभिनय रहेको छ ।

ओम कुमारी पराजुलीको प्रस्तुतीमा बनेको यस गीतमा शब्द तथा संगीत गायक पराजुलीको नै रहेको छ । गायक पराजुलीका ‘घायल बन्देउ न’, ‘उर्वशी’ लगायतका गीत चर्चित छन् । डिजे गीतहरु खोज्ने क्रममा नेपाली गीतहरु कम मात्रामा भेटिने भएका कारण यो गीत आफुले ल्याएको पराजुलीले बताए ।

दिनेश पराजुलीले छायांकन गरेको भिडियोका सम्पादक बिर बहादुर थारु हुन् । यसलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् भने देव दोर्जे लामाको कोरियोग्राफी रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu