जन्मदिनमा रोशनले ल्याए नयाँ गीत, समाजसेवा खर्च गरे लाखौँ रकम



काठमाडौँ ।
गायक रोशन अधिकारीले मंगलबार आफ्नो जन्मदिनको अवसर पार्दै नयाँ गीत “शंका गर्‍या हैन” सार्वजनिक गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

यो गीतमा उनको साथमा गायिका अनु चौधरीको स्वर छ । गीतमा जश्मिन श्रेष्ठको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । यूवायूवतीबिचको प्रेममा हुने माया र डाहाको भाव गीतमा समावेश गरिएको छ ।

गीतको भिडियोमा गायक तथा मोडल रोशन अधिकारी र गीता ढुंगानाको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । भिडियोमा माइकल स्टेजप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

यसैबिच, गायक तथा मोडल अधिकारीले जन्मदिनको अवसर पारेर आज बिहान मानव सेवा आश्रममा ३ लाख ३ हजार नगद सहयोग गरेका छन् । यस्तै, उनले १०० वटा ब्ल्यांकेट, खाद्यान्न पनि आश्रमलाई सहयोग गरे । उनले, आगामी एक बर्षका लागि मासिक १ लाखको दरले आश्रमलाई सहयोग गर्ने पनि वाचा गरेका छन् । गायक अधिकारीले आफूले जीवनकै सबैभन्दा राम्रो जन्मदिन मनाउन पाएको बताए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu