समिर आचार्यको नयाँ गीत सार्वजनिक



काठमाडौँ ।
गायक समिर आचार्यको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । आचार्यकै शब्द, संगीत तथा एरेञ्जमा ‘गीत’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सारंगीमा भने धर्म गन्दर्भले साथ दिएका छन् । गीतको भिडियोमा गायक आचार्य, प्रविण खरेल र प्रियना आचार्यको अभिनय छन् । राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् ।

भिडीयोको निर्देशन शान थापाले गरेका हुन् । गीतको भिडियो ‘नेपमेलो’युटुव बाट सार्वजनिक गरिएको छ । फरक शैलीको नयाँ गीत “गीत” पहिलेका गीतहरु झैँ दर्शक स्रोताले रुचाउनेमा आफू विश्वस्त रहेको गायक समीर आचार्यले बताए ।

‘दुनियाँ वेग्लै छ , हैन भन्देउ न माया’ ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेउ’, ‘उमेर अन्तर’ जस्ता दर्जनौं हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइरहेका समिर को यो पछिल्लो गीत ‘गीत’ आज शनिबार सार्वजनिक भएको हो ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu