चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमिती सम्मानित



patrakar-samman

[dropcap][/dropcap]लाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमितीलाई आइतवार सम्मान गरेको छ । संघको कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै कलाकार संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रको विकासको लागी पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने भएकोले यसको पक्षमा लाग्दै चलचित्रको थप स्तर बृद्धीको लागी सघाउन सुझाएका थिए भने सम्मानित भएपछी पत्रकार संघका अध्यक्ष शान्तीप्रियले सामान्य झै झगडालाई ठुलो नबनाईकनै कलाकार र पत्रकार सधै मिलेर अघि बढ्नु पर्ने बताएका थिए ।

कार्यक्रममा चलचित्र पत्रकार संघका नवनिर्वाचित पदाधिकारी मध्ये सदस्यद्वय नेमिष गौतम र किरण खनाल भने उपस्थित थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu