सुन्तलीले बनाईन् ‘मै राम्री’



काठमाडौँ ।
सामाजिक बिषयमा आधारित रहि कुन्जना घिमिरे ‘सुन्तली’ले वेव सिरिज ‘मै राम्री’ निर्देशन गरेकी छन् । आगामी बिहीबारबाट प्रसारण हुने वेव सिरिज ‘धुर्मुस सुन्तली’ युट्युव च्यानलबाट प्रत्येक बिहीबार साँझ ६.४५ मा रिलिज गरिने बताईएको छ ।

नेपाली समाजमै देखिने बिषयवस्तुलाई सिरिजमा उतारिएको निर्देशक घिमिर बताइन् । “सिरिजमा बिशेषगरी बालबालिका र युवाहरुमा बिभिन्न बिषयले आउने उताढचढावलाई मुख्य बिषय बनाइएको छ । प्रत्येक साता सिरिजको रुपमा प्रसारण हुनेछ”, घिमिरेले भनिन् । उनका अनुसार केहि भाग छायांकन भइसकेको र अन्य भागका लागि छायांकन गर्ने तयारी भइरहेको छ ।

शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गिता अधिकारी, दिनेश काफ्ले, सन्तोष बाँनिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu