ज्वेलरी एक्स्पोको लागि काठमाडौँमा मलाइका



काठमाडौँ ।
‘चौथो जेम एण्ड ज्वेलरी एक्स्पो’मा भाग लिन बलिउड अभिनेत्री मलाइका अरोरा बिहीबार काठमाडौं आएकी छन् । एक्स्पो क्रममा हुने फेसन रनवेमा शो-स्टपरको रुपमा उनले भाग लिनेछिन् ।

नेपाल रत्न तथा आभूषण संघको आयोजनामा पुस २९ गते देखि माघ १ गते रनवे फेसन हुँदैछ, जसमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउनेछन् । एक्स्पो शुभारम्भ कार्यक्रमको फेसन रनवेमा मलाइकाका साथमा नेपाली मोडलहरु पनि र्‍याम्पमा उत्रिनेछन् ।

मलाइका बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन् । त्यसलगत्तै उनि होटल याक एण्ड यति पुगेकी थिइन् । मिडिया भेटघाटमा उनले नेपाल आउन पाउँदा खुसी लागेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu