साउथ चलचित्र सुपरहिट, बलिउडलाई आच्छु आच्छु



काठमाडौँ ।
भारतमा यो साता मल्टिस्टार चलचित्र ‘कुत्ते’ रिलिज भएको छ । निर्देशक विशाल भारद्वाजका छोरा आस्मान भारद्वाजको निर्देशनमा बनेको यो चलचित्रको पहिलो दिनको कलेक्शन मात्रै १.५ करोड रहेको छ, जुन बलिउडको लागि निकै निराशाजनक हो । अर्जुन कपुर, तब्बु, राधिका मदान, नसिरुद्दीन शाह जस्ता कलाकारको अभिनय रहेको चलचित्रले पहिलो दिन करिब ८ देखि १० करोड कलेक्शन गर्ने अपेक्षा गरिएको थियो तर त्यसो भएन । त्यहिँ क्षेत्रीय चलचित्रहरुले घरेलु बक्स अफिसमा दमदार प्रदर्शन गरिरहेका छन् ।

‘वरिसु’को जादु
थलापथी विजय र रश्मिका मन्डन्ना अभिनित दक्षिण भारतीय चलचित्र ‘वरिसु’ले लगातार तेस्रो दिन पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । चलचित्रले शुक्रबार भारतमा करिब ११ करोड कलेक्सन गरेको थियो भने तेस्रो दिन वर्ल्डवाइड १५ करोड कमाएको छ । तमिलनाडुमा मात्रै यो चलचित्रले ९ करोड कमाएको छ । कर्नाटकमा करिब ८० लाख, केरलामा ४० लाख र अन्य राज्यमा ८० लाख संकलन भएको छ। जुन अर्जुन कपुर स्टारर ‘कुत्ते’को ओपनिङ डे कलेक्शनभन्दा ८ गुणा बढी हो । ‘ओपनिङ डे’को कुरा गर्ने हो भने ‘वरिसु’ले पहिलो दिन भारतमा करिब ३१.४७ करोड कमाएको थियो ।

‘वीर सिम्हा रेड्डी’ पनि बलियो
श्रुति हसन र नन्दमुरी बालकृष्ण स्टारर दक्षिण भारतीय चलचित्र ‘वीर सिम्हा रेड्डी’को पनि बक्स अफिस कलेक्शन निकै बलियो रहेको छ । रिलिजको दोस्रो दिन यो चलचित्रले विश्वभर करिब ११ करोड कलेक्शन गरेको छ भने हालसम्म करिब ६१.२ करोड कलेक्शन गरेको छ । यसले दुई दिनमा ३८.७ करोडको ग्रस कलेक्शन गरेको छ ।

अजित कुमारको सुपरहिट ‘थुनिवु’
अजित कुमार र मञ्जु वारियर स्टारर दक्षिण भारतीय चलचित्र ‘थुनिवु’ले तेस्रो दिन भारतीय बक्स अफिसमा ९.९ करोडको व्यापार गरेको छ । तमिलनाडुमा मात्रै यो चलचित्रले ८.५५ करोड कमाएको थियो । तेलंगानामा ०.३३, कर्नाटकमा ०.८, केरलामा ०.२ करोड र अन्य राज्यमा चलचित्रले १० लाख रुपैयाँ कमाएको थियो । ‘ओपनिङ डे’मा यसले २४.५९ को कलेक्शन गरेको थियो ।

‘वाल्टर वरैया’: चिरञ्जीवी र रविको केमेस्ट्री पनि हिट
मेगास्टार चिरञ्जीवी, पावरस्टार रवि तेजा र श्रुति हसन स्टारर दक्षिण भारतीय चलचित्र ‘वाल्टर वरैया’ले बक्स अफिसमा गजबको ओपनिङ गरेको छ । यो चलचित्रले आन्ध्र प्रदेश र तेलंगानामा अन्यत्रभन्दा बलियो कलेक्शन गरेको छ । विश्वभर पहिलो दिन ४९ करोड कलेक्सन गरेको यो चलचित्रको भारतको कलेक्शन ३९.२ करोड रहेको छ । आन्ध्र प्रदेश र तेलंगानामा नै ३५ करोड कमाएको छ भने कर्नाटक र अन्य राज्यमा चलचित्रको कलेक्सन ३.४ करोड रहेको छ ।

सबै क्षेत्रीय चलचित्रको ‘ओपनिङ डे’ कलेक्शन ‘कुत्ते’को भन्दा निकै बढि रहेको छ ।

  • दैनिक भाष्करबाट परिमार्जित
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu