गीतकार संघ नेपालको अध्यक्षमा वसन्त बित्यासी



काठमाडौँ ।
गीतकार संघ नेपालको तेह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनबाट अध्यक्षमा वसन्त बित्यासी थापा निर्विरोध निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

नव निर्वाचित पदाधिकारीहरु

अध्यक्षसँगै सचिवमा शितल कादम्बिनी र कोषाध्यक्षमा चेतव खतिवडा साथै सदस्यहरु कमल पौडेल, जीवन मुकारुङ, सुरेन्द्र थपलिया, राधा पाण्डे गिरी, तिब्बत बहादुर दर्लामी र भगवती रोक्का (भूमिका) निर्विरोध निर्वाचित भएका छन् ।

अन्य पदमा भने निर्वाचन भएको छ । उपाध्यक्षमा रमेश कोईराला बहुमतका साथ निर्वाचित भए । उपाध्यक्षका अर्का प्रत्यासी विपिन किरणले १६ मत प्राप्त गरे भने कोईरालाले ५३ मत ल्याए । महासचिवमा भारी मतान्तरका साथ टीका राई (शिव) निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी महेश आचार्यले १६ मत मात्र प्राप्त गरे भने राईले ४८ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu