पोखरा विमान दुर्घटनामा निधन हुनेमा गिटारिस्ट निशान्त र लोकगायिका नीरा पनि



काठमाडौँ ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चर्चित गिटारिस्ट निशान्त आचार्य र लोकगायिका नीरा छन्त्यालको निधन भएको छ ।

पोखरा घर भएका आचार्यको आफ्नै ‘केसिक्स बिफोर’ नामक ब्याण्ड थियो । उनि सामाजिक सन्जालमार्फत गिटारसम्बन्धी ट्युटोरियल भिडियो सार्वजनिक गर्दै आएका थिए ।

प्रत्यक्ष लोकदोहोरीमा ख्याती कमाएकी नीरा पोखरामा आयोजना हुने माघे संक्रान्तिको कार्यक्रमको लागि त्यसतर्फ उडेकी थिइन् ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पनि सोहि दुर्घटनामा निधन भएको छ । पौडेल पोखरामा नै सक्रिय पत्रकार थिए । उनि पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

आइतबार बिहान १०.५० बजे दुर्घटना भएको जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu