दुर्घटनाको ठोस कारण पत्ता लगाई दोहोरिन नदिन परिवर्तन नेपालको आग्रह



काठमाडौँ ।
आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको ठोस कारण पत्ता लगाई दोहोरिन नदिन परिवर्तन नेपालले नेपाल सरकारलाई आग्रह गरेको छ ।

केन्द्रीय अध्यक्ष मोहन निरौलाले एक विज्ञप्ती जारी गर्दै दुर्घटनामा परि ज्यान गुमाउन पुगेका मृतकका परिवारहरुलाई राहत तथा क्षतीपुर्तिको व्यवस्था मिलाउँदै दुर्घटनाको कारण र यसलाई भविष्यमा दोहोरिन नदिन चाल्नु पर्ने कदमहरुको बारेमा तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन् ।

यस घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको बताउँदै यती एयरलाइन्सको ९ एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको खबरले परिवर्तन नेपाल परिवार स्तब्ध रहेको विज्ञप्तीमा जनाईएको छ ।

१०. ३० बजे काठमाडौंदेखि पोखराका लागि २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सहित ६८ जना यात्रुहरु र चालक दलका ४ जना सदस्य सहित ७२ जना सदस्य बोकेर उडेको विमान गन्तव्यमा नपुग्दै पोखरामा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu