म सोचेर बस्दिन, गरेर देखाउँछुः विकास आचार्य



bikas-acharya[dropcap]रि[/dropcap]लिज अगावै सार्वजनिक हरेक गीतले बजारमा राम्रै चर्चा बटुल्न सफल चलचित्र ‘नाई नभन्नु ल २’ पछिल्लो समय धेरैले प्रतिक्षा गरिरहेको चलचित्र हो । बाल गायक प्रेम परिवारको स्वरमा सार्वजनिक गीतले जति नै चर्चा र माया बटुलेका छन् त्यति नै रुपमा चलचित्रलाई दर्शकको साथ पनि पाउनेमा यो चलचित्रको निर्माण युनिट आशावादी छ ।

चलचित्रका निर्देशक विकास आचार्य ‘नाई नभन्नु ल’ चलचित्र हिट भएकोले मात्रै त्यो नामको सिक्वेलमा यो चलचित्र बनेको नभई चलचित्रले हरेक कोणबाट दर्शकलाई मन जित्ने खुराक समेटेको बताउछन । त्यो नाम हिट भएकोले मात्रै यो चलचित्र बनेको होइन, सोच्ने भन्दा कर्म गरेर देखाउने मेरो बानी छ भन्ने निर्देशक आचार्य भन्छन, ‘तर ‘नाई नभन्नु ल’ नबनेको भए यो चलचित्र बन्ने भने थिएन ।

आफ्नो तर्फबाट सबै काम राम्रो गरेकोले अब चलचित्रलाई सफलताको स्वाद दिने जिम्मा चैत्र २८ पछी दर्शकको हातमा हुने उनी बताउछन । चलचित्रको गीत संगीतले छोएको उचाईलाई हेर्दा चलचित्र सफल हुनेमा सत प्रतिशत बिश्वस्त रहेको निर्देशक आचार्यको भनाई छ ।

यथार्थ कथामा तयार भएको भनिएको यो चलचित्रले बाल प्रेमको कहानी लाई समेटेको छ । त्यसो त बालावास्थाको प्रेमको कहानीलाई सिनेमाको पर्दामा उतार्ने आचार्य पहिलो निर्देशक पनि हुन् भन्दा फरक नपर्ला किनकी हालसम्म पुरै कथा बालप्रेमको जोडिएको कुनै चलचित्र पनि नेपालमा बनेको छैन। यसैले पनि चलचित्र कस्तो बनेको छ, भन्दै गर्दा मेरो बालाबस्थाको प्रेम कहानी कस्तो थियो त भन्नेहरुलाई पनि यो चलचित्र हेर्ने कौतुहलता बढ्दै गएको पाइन्छ । आफ्नो अतीतलाई धेरैपछी स्मरण गर्न चाहने सबैको लागी यो चलचित्र पक्का पनि एउटा अवसर रुपमा आएको हुनसक्छ ।

यो चलचित्रमा बल कलाकार अनुभव रेग्मी र को साथमा नायक जीवन लुइंटेल, नायिका प्रियंका कार्की, वर्षा सिवाकोटी, सरोज खनाल, सिताराम कट्टेल, सुरज सिंह ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रदर्शन अगावै राम्रै चर्चा बटुलेको तथा गीत संगीतबाट दर्शक तथा श्रोताको गतिलो साथ पाएको यो चलचित्रले हलमा पुगेपछी कस्तो साथ पाउँछ त्यो भने चैत्र २८ को एक/दुई दिनमा नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu