काठमाडौँमा वाइल्डलाइफ फोटोग्राफी र व्यक्तित्व विकासको सिकाई सम्पन्न



काठमाडौँ ।
गेहेन्द्र धिमाल फाउन्डेसनले सुरु गरेको क्रियटर्स स्टुडियो कार्यक्रम अन्तर्गत शनिबार आयोजना गरेको पहिलो मास्टरक्लास सेशन सम्पन्न भएको छ । वाइल्डलाइफ फोटोग्राफी र व्यक्तित्व विकासको विषयमा आयोजित गरिएको यो मास्टरक्लास वाइल्डलाइफ फोटोग्राफर ओम प्रकाश यादव र व्यक्तित्व विकास प्रशिक्षक विवेक उपाध्यायले लिएका हुन् ।

दुईदशक लामो अनुभव भएका वरिष्ठ वाइल्डलाइफ फोटोग्राफर यादवले सहभागीहरुलाई वाइल्डलाइफ फोटोग्राफीमा सफल हुनको लागि महत्वपूर्ण सविष्टिहरू र टिप्स प्रदान गरेका थिए भने वेस्टमिन्स्टर कलेज, लण्डनमा अध्ययन गरी एक दशकभन्दा बढी व्यक्तित्व विकास प्रशिक्षकको अनुभव बटुलेका उपाध्यायले सहभागीहरुलाई व्यक्तिगत ग्रुमिङ, कम्युनिकेसन, बडी ल्यांग्वेज र प्रस्तुतिका बारेमा मार्गदर्शन प्रदान गरेका थिए ।

व्यक्तित्व विकास मास्टरक्लासमा भाग लिएका चलचित्र विकास बोर्ड नेपालका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले उपाध्यायले दिएको विस्तृत र व्यावहारिक ज्ञानले आफ्नो व्यक्तिगत र व्यावसायिक विकासमा सहयोगी भुमिका खेल्ने बताए । दुवै मास्टरक्लासमा सहभागी हुने प्रशिक्षार्थी सम्बिद टन्डनले यादव र उपाध्यायले आफ्नो फोटोग्राफी कौशल र व्यक्तिगत विकासमा रहेको रुचिलाई थप उजागर गरको बताए ।

गेहेन्द्र धिमाल फाउन्डेसनले युवाहरूलाई आफ्नो करियर कसरी निर्माण गर्ने र आफूलाई कसरी विकास गर्ने भन्ने बारेमा सशक्तिकरण र प्रशिक्षण दिन प्रतिबद्ध रहेको फाउन्डेसनका अध्यक्ष गौतम धिमालले बताए । साथै उनले भविष्यमा यस फाउन्डेसनले कलाका विभिन्न क्षेत्रहरु तथा व्यक्तित्व विकासका थप मास्टर क्लासहरू सञ्चालन गर्ने योजना बनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu