काठमाडौँ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाईन्सको विमान दुर्घटनामा ज्यान गुमाएकी लोकदोहोरी गायिका नीरा छन्त्यालको निधनमा सोमबार देशैभर शोक मनाउने निर्णय गरेको छ ।

प्रतिष्ठानकी सदस्य समेत रहेकी २२ बर्षिया छन्त्यालको निधनमा सोमबार केन्द्र, प्रदेश र देशभरका सबै शाखामा शोक मनाउँदै देशैभरका लोकदोहोरी साँझहरु बन्द गर्ने निर्णय प्रतिष्ठानको आकस्मिक बैठकले गरेको बैठकपछि जारी विज्ञप्तीमा जनाईएको छ ।
विज्ञप्तीमा नेपाली लोकदोहोरी गायनको क्षेत्रमा प्रस्तुतीको हिसाबले अब्बल, मिलनसार, स्टेज कार्यक्रमहरुमा सुन्दर प्रस्तुती दिएर सबैको मन जित्न सफल छन्त्यालको निधनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाललाई अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।
विज्ञप्तीः
