‘साहित्यसागर’को सताङ्क लोकार्पणमा श्रष्टालाई सम्मान



काठमाडौँ ।
सन् २०१८ देखि विद्युतीय माध्ययमा प्रकाशित हुँदै आएको डिजिटल पत्रिका ‘साहित्यसागर’को सयौँ शृङ्खला प्रकाशित भएको छ । मंगलबार एक भर्चुअल समारोहकाबीच उक्त पत्रिकाको सताङ्क लोकार्पण गरिएको छ ।

प्राध्यापक डा. वाशुदेव त्रिपाठीले सताङ्क लोकार्पण गरेका थिए । उक्त अवसरमा बिभिन्न विधा मार्फत साहित्य सागरका १ देखि ९९ शृङ्खलामा सर्वाधिक योगदान पुर्‍याउने स्रष्टाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने श्रष्टाहरुमा अनुवादमा हरिहर खनाल, सीताराम अधिकारी, माया ठकुरी, त्रिलोचन ढकाल, दिव्य गिरी, रमेश खकुरेल, भुवनहरि सिग्देल, नरनाथ लुइटेल, विनयकुमार शर्मा नेपाल, डा. विष्णु के.सी, डा. सृजना शर्मा,नविन पौड्याल, नरेन्द्रराज प्रसाईं, पुरु लम्साल, विपिन अवस्थी, डा. कृष्णहरि बराल, नवराज रिजाल, यादव भट्टराई, आकाश अधिकारी, गङ्गा कर्माचार्य पौडेल, भारद्वाज मित्र, कुञ्जल शुभेच्छु लुइटेल लगायत रहेका छन् ।

उक्त समारोहमा नरनाथ लुईटेल, डा गोविन्द सिंह रावत, माया ठकुरी, त्रिलोचन ढकाल, आकाश अधिकारी, पुरु लम्साल, अन्तरराष्ट्रिय साहित्य समाजका अध्यक्ष गोवर्धन पूजा, तारा उप्रेती, दिव्य लक्ष्मी पौडेल, गङ्गा कर्माचर्य पौडेल, तीर्थ अधिकारी, शिव प्रसाद जैशी, सुनील पौडेल, सन्तोष नीराले मोहन सिटौला, गोविन्द प्रसाद गौतम, कृष्ण सुवेदी, कृष्ण अधिकारी, सन्तोष नीरा, भोला चालिसे, कुन्जल लुईटेल आदिले आ आफ्ना रचना सुनाउनका साथै शुभ कामना सन्देश व्यक्त गरेका थिए ।

‘साहित्यसागर’का संस्थापक तथा प्रधान सम्पादक मणि नेपाली पनेरुको सभापतित्वमा भर्चुअल समारोहको संयोजन पत्रिकाका प्रबन्ध सम्पादक सुरेन उप्रेतीले गरेका थिए भने सम्पादक रमेश सुभेक्षुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu