नेपालमा पनि झुर चलचित्रकर्मीलाई अवार्ड दिने परम्परा सुरु



box-ofc-award1

[dropcap][/dropcap]लिउड र हलिउडमा झुर फिल्म अवार्ड दिईने समाचार सुन्दा अचम्म मान्ने नेपालीले अब नेपाली चलचित्र उद्योगमा पनि यस्तै भेटाउने भएका छन्। झुर अवार्ड पाउँदा कतिले ठट्टाको रुपमा लिन्छन् भने कतिले सहृदय स्विकार गर्छन्। तर कति भने आवेगमा समेत आउँछन्। बलिउडमा लगातार दुइ पटक झुर अवार्ड पाएकी सोनाक्षी सिन्हाले रोष प्रकट गरेकी थिईन्। बलिउडमा आमिर खान, अजय देवगणले समेत यस्तो अवार्ड पाएका छन्। अब नेपालीको पालो आएको छ।

चैत २९ गते पाँच तारे होटल हायातमा हुने बक्स अफिस फिल्म अवार्डका चालिस विधा मध्ये एक विधा झुर चलचित्रकर्मीको लागि छुट्टाईएको छ। यो अवार्ड चलचित्रकर्मीमध्ये कोहि एक जनालाई दिईने छ। अन्य छत्तीस विधाका उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक भएतापनि झुर अवार्ड लगाएतका अन्य केहि भने नोमिनेशन घोषणा भएका छैनन्। यो अवार्ड बक्स अफिस फिल्म क्लबले आयोजना गर्दैछ।

box-ofc-award2

सो अवार्डको अघिल्लो सँस्करण दुबईमा भएको थियो। पछिल्ला दुई बर्षमा रिलिज भएका १२१ वटा चलचित्रलाई ५१ जनाको निर्णायक समितीले हेरेर सोमवार नोमिनेशन निकालिएको हो। नयाँ बर्ष २०७१ को स्वागतसँगै २९ गते हुने अवार्ड वितरण कार्यक्रममा प्रमूख अतिथीको रुपमा प्रधानमन्त्री सुसिल कोईराला उपस्थित हुने तय भएको छ।

अवार्डका लागि नायिकातर्फ रेखा थापा, केकी अधिकारी, नीता ढुंगाना, झरना थापा र प्रियंका कार्की नोमिनेशनमा परेका छन् भने यस्तै नायकतातर्फ आर्यन सिग्देल, सुमन सिंह, किशोर खतिवडा, अर्पण थापा, जीवन लुइँटेल नोमिनेशनमा परेका छन् । निर्देशकमा विकास आचार्य, दीनेश डीसी, सविर श्रेष्ठ, श्याम भट्टराई र दिपेन्द्र के खनाल नोमिनेशनमा छन्।

box-ofc-award3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu