नेपाली दर्शकलाई शाहरुखले पठाए भिडियो सन्देश



काठमाडौँ ।
बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुन केही दिन मात्रै बाँकी छ । भारत सहितका अन्य देशहरुसँगै नेपालमा पनि पठानको अग्रिम बुकिङ सुरु भएको छ । चलचित्र समीक्षक तथा व्यापार विश्लेषकहरुले यो चलचित्रको ओपनिङलाई लिएर व्यापक आशा देखाएका छन् ।

‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा समेत २५ जनवरीमा रिलिज हुँदैछ । भारतमा मात्र यसको रिलिज एकसाथ दश हजार स्क्रिनमा रिलिज हुने बताईएको छ ।

शाहरुख खान चार वर्षपछि प्रमुख भुमिकामा स्क्रिनमा फर्कदैछन् । उनी पछिल्लो पटक २०१८ को फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म बक्स अफिसमा फ्लप साबित भएको थियो। यी चार वर्षमा उनले ‘ब्रह्मास्त्र’, ‘लाल सिंह चड्ढा’ र ‘रकेटरी’ जस्ता फिल्महरूमा क्यामियो गरे । लिडको रूपमा, उनी पठानबाट ‘ब्यांग कमब्याक’ गर्न लागेका हुन् । यो फिल्मको बजेट करिब २५० करोड रहेको छ ।

यसैबिच, खानले नेपाली दर्शकलाई सम्बोधन गर्दै एक भिडियो सन्देश पठाएका छन् । ठुलोपर्दा डटकमलाई प्राप्त उक्त भिडियोमा उनले आफ्नो चलचित्र हेरिदिन आग्रह गरेका छन् ।

हेर्नुहोस् भिडियो सन्देशः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu