राष्ट्रपति भण्डारीसँग चलचित्रकर्मीहरुको अन्तरक्रिया



काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग चलचित्रकर्मीहरुले अन्तरक्रिया गरेका छन् । सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय चलचित्र उद्योग, यसका विभिन्न पक्षहरु, समस्याहरु र समाधानका बिषयमा करिब डेढ घण्टा लामो अन्तरक्रिया भएको हो ।

उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र कल्याण कोषकी संस्थापक एवं संयोजक बशुन्धरा भुसाल र उद्योग वाणिज्य महासंघ अन्तर्गतको मनोरञ्जन फोरमका संयोजक तथा चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रका समस्याहरु राखेका थिए । कार्यक्रममामा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले चलचित्रकर्मीहरुका गुनासाका बिषयमा उचित सम्बोधन हुने बिश्वास व्यक्त गरिन् ।

अन्तरक्रियामा चलचित्र विकास बोर्डको तर्फबाट अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रलाई आवश्यक विभिन्न मुद्दाहरुमा केन्द्रीत माग पेश गरेका छन् । उनले चलचित्र विकास बोर्डलाई स्वायत्तता प्रदान गरिनुपर्ने, राष्ट्रिय चलचित्र उद्योगलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने, यसलाई नेपालको अर्थतन्त्रको प्रमुख हिस्सा बनाउन राज्यले नै बिभिन्न तवरले भुमिका खेल्नुपर्ने, चलचित्रकर्मीहरुलाई दुःखमा सहयोग गर्ने चलचित्र कल्याण कोषमा राज्यको तर्फबाट रकम थप गरिनुपर्ने, आगामी बजेटमा चलचित्रलाई उचित सम्बोधन हुनुपर्ने, चलचित्र ऐन लागु गर्नुपर्ने लगायतका बिषयहरु उठाएका थिए ।

त्यस्तै, कल्याण कोषकी संयोजक भुसालले राज्यले पुराना कलाकारलाई गर्ने ब्यवहारमा भेदभाव देखिएको भन्दै रोष व्यक्त गरिन् । उनले राष्ट्रपतिद्वारा प्रदान हुने बिभुषणमा समेत सम्मानजनक नभएको भन्दै दुःख प्रकट गर्दै राष्ट्रपतिप्रति सम्मान हुँदाहुँदै पनि आफुले बिभुषण पदक अस्विकार गरेको बताईन् । भुसालले राज्यलाई बरिष्ठ र कनिष्ठलाई उचित सम्मान दिन आग्रह समेत गरिन् । साथै, उनले चलचित्रकर्मीहरुलाई दुःखमा सहयोग गर्ने चलचित्र कल्याण कोषमा राज्यको तर्फबाट न्युनतम १० करोड रकम थप गरिनुपर्ने भन्दै आफुले निकै तिरस्कार समेर कोषलाई आजको स्थितीसम्म पुर्‍याएको बताईन् ।

चलचित्र निर्माता संघका पूर्वअध्यक्ष अधिकारीले अन्तरक्रियामा सहजिकरण गर्दै चलचित्रलाई बैंकिङ कर्जा, भन्सार छुट, पर्यटकीय थलोमा छायांकन लगायतका बिषयका मुद्दाहरु उठाए ।

कार्यक्रममा कलाकारहरु नीर शाह, चैत्यदेवि सिंह, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, भुवन थापा चन्द, मिथिला शर्मा, दीपा श्री निरौला, कृष्ण मल्ल, करिश्मा मानन्धर, गौरी मल्ल, हरिहर शर्मा, मोहन निरौला, रबिन्द्र खड्का, राज कटुवाल, रबिन्द्र सिंह बानिया, जितु नेपाल, केदार घिमिरे, सिता घिमिरे, बुद्दि तामाङ, नीता ढुंगाना, रबिन्द्र झा, गौरव पहारी, उमा गिरी, उत्तम केसी, गीतकारहरु डा. भोला रिजाल, डा. कृष्ण हरी बराल, हल संचालकहरु नकिम उद्दिन, गोपाल कायस्थ, कपिल द्वा, नरेन्द्र महर्जन, कोरियोग्राफर कमल राई, प्राविधक पुष्कर लामा, डिजाइनर सुन्दर श्रेष्ठ, संगीतकारहरु शुरेष अधिकारी, चेतन सापकोटा, राजेन्द्र बजगाईँ, पत्रकारहरु प्रकाश सुवेदी, जीवन पराजुली, डब्बु क्षेत्री, बिष्णु शर्मा, निर्देशकहरु लक्ष्मीनाथ शर्मा, ज्ञानेन्द्र देउजा, दीपक श्रेष्ठ, शोभित बस्नेत, विधान कार्की, रक्षा सिंह राणा, सुचित्रा श्रेष्ठ, राजेश महर्जन, चलचित्र विकास बोर्डका अधिकृत चिरन्जीवी गुरागाईँ, लोकेशन नेपालकी हृतिका भट्टराई, सम्पादकहरु बनिश शाह, भुपेन्द्र अधिकारी, कलरिष्ट रेनिश फागो, निर्माताहरु शुरेष अधिकारी, अर्जुन कुमार, ज्योती राई, गायिका सरिता भारती लगायतको उपस्थिती थियो ।

फोटोः केशव पाण्डे

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu