प्रदिपले दीपकको ‘कामिनो’मा अभिनय गर्ने, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा पनि रिलिज हुने



काठमाडौँ ।
‘प्रेम गीत ३’ पछि कुनै चलचित्रमा काम गर्ने सम्झौता नगरेका अभिनेता प्रदिप खड्काले नयाँ चलचित्रमा अभिनय गर्ने भएका छन् । उनले दीपक ओलीले निर्देशन गर्ने ‘कामिनो’ नामक चलचित्रमा अभिनय गर्न लागेका हुन् ।

बुधबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदिपले चलचित्रमा प्रमुख अभिनय गर्ने खुलाएको छ । एक्सेस नेपाल फिल्मस्को निर्माणमा बन्ने यो चलचित्रम सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेका छन् । चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् ।

चैत्र तेश्रो साताबाट फ्लोरमा जाने लक्ष्य राखिएको चलचित्रको नेपाल र ल्याटिन अमेरिकाका विभिन्न स्थानमा छायांकन हुने बताईएको छ । यो चलचित्रमा प्रेम, रोमान्स र सस्पेन्स रहने निर्देशक ओलीले बताए । चलचित्रका अन्य कलाकारहरुको छनौट कार्य भईरहेको जनाईएको छ ।

यो चलचित्र नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu