छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ घोषणा, चैत २ देखि ६ गतेसम्म चारवटा हलहरुमा संचालन हुने



काठमाडौँ ।
आउँदो चैत २ देखि ६ गतेसम्म आयोजना हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ घोषणा गरिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बरिष्ठ अभिनेता नीर शाह, बरिष्ठ अभिनेत्री गौरी मल्ल, अभिनेत्री दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, अभिनेत्री रेजीना उप्रेती, अभिनेत्री सरिता गिरी, चाइना कल्चरल सेन्टरका निर्देशक स्याओ च्याङ, माया एनिमेशन एकेडेमीका इन्द्रलाल बलामी लगायतको उपस्थितीमा ‘निफ २०२३’ घोषणा गरिएको हो ।

कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले प्रतिस्पर्धामा आएका चलचित्रको बाढीले भने उत्साहित बनाएको बताए । चलचित्र विकास बोर्डका अध्यक्ष भु केसीले निफ–२०२३ को घोषणा सभा ऐतिहासिक रहेको बताउँदै संसारभरीको संस्कृति आदान प्रदान गर्ने उद्धेश्यले सुरु भएको फेष्टिभलको निरन्तरताको कामना गरे । बरिष्ठ अभिनेता नीर शाहले अति कम कार्यक्रम मात्र संझन योग्य र लायक हुने गरेको र ती मध्ये निफ पनि एउटा रहेको बताए । उनले निफमा अन्तर्राष्ट्रिय गुणस्तरका फिल्म हेर्न पाईने बताउँदै यो सामान्य कुरा नभई ‘ग्रान्ड इभेन्ट’ भएको उल्लेख गरे । शाहले यस्तो कार्यक्रमलाई नेपाल सरकारले सहयोग गर्नुपर्ने जिकिर गर्दै विकास वोर्डका अध्यक्षलाई सरकारसँग सहयोगको प्रस्ताव राखिदिन आग्रह गरे ।

अभिनेत्री गौरी मल्लले निफ फेष्टिभल मात्र नभएर नेपाली चलचित्रलाई विश्व वजारमा पुर्‍याउने र विश्व वजारका उत्कृष्ट चलचित्र नेपाली कलाकर्मी र दर्शकलाई देखाउने ठूलो अवसर भएको बताईन् । त्यस्तै, अभिनेत्री दिपाश्री निरौलाले निफ कला क्षेत्रको उर्जा रहेकोले फेष्टिभलले निरन्तरता पाउनु पर्ने बताईन् । चाइना कल्चरल सेन्टरका निर्देशक स्याओ च्याङले
निफ धेरै महत्वपूर्ण फेष्टिभल रहेको बताए ।

अभिनेता निर्मल शर्माले यो अत्यन्तै प्रभावकारी रहेको बताए । अभिनेत्री सरिता गिरीले निफ बृहत्त ‘प्लेटफर्म’ रहेको र ‘क्रिएटिभ’ फिल्म देखाउने उत्सव पनि रहेको उल्लेख गरिन् । माया एनिमेसन एकेडेमीका इन्द्र बलामीले यस प्रकारको फेष्टिभलले फिल्म क्षेत्रलाई उठाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाउँदै नेपाल बाहिर छरिएर रहेका ८० लाख नेपालीलाई जोड्ने काम पनि गर्ने बताए ।

निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । यसपटक ५५ देशबाट आएका ५ सय बढी चलचित्रबाट ३५ देशका ९५ चलचित्र छनौट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu