ट्रान्सवुमन नाजिर, ‘गुलाबी’को पोस्टर सार्वजनिक



काठमाडौँ ।
नेपालमा पहिलो पटक पूर्णरुपमा ट्रान्स स्टोरीमा बनाईएको दाबी गरिएको नेपाली चलचित्र ‘गुलाबी’को पोस्टर रिलिज गरिएको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई ट्रान्सवुमनको मुख्य भूमिकामा राखिएको छ ।

समुन्द्र भट्टले निर्देशन गरेको यो चलचित्रमा हुसेनलाई उक्त भूमिकामा अभिनय गराईएको छ । यो चलचित्रका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंको ठमेलमा खिचिएको छ । यो चलचित्रमा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

चलचित्रको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसेनले सहकार्य गरेका छन् । ‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ ।

सार्वजनिक पोस्टरमा रिलिज मिति भने खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu