काठमाडौँ ।
मेगास्टार अनमोल केसीको बहुप्रतिक्षीत चलचित्र ‘२.० छड्के’को टिजर रिलिज भएको छ । टिजरमा हिमाली भेगका तीनवटा ग्याङ्बीचको प्रतिद्वन्द्व देखाइएको छ । ‘ग्रीन ग्याङ्’ समुहका नाईके अनमोल ‘मेनडग’ चरित्रमा देखिएका छन् ।

यो चलचित्रलाई लिएर अनमोल निकै उत्साहित छन् । आफुलाई अलग भुमिकामा प्रस्तुत गर्दै उनले आफुमाथि लाग्ने गरेको ‘क्युट अभिनेता’को ट्याग मेटाउन चाहन्छन् । अनमोललाई भर्सटाईल अभिनेता बनाउने प्रयासमा यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्नेछ ।
निगम श्रेष्ठ निर्देशित यो चलचित्र फागुन १९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा अनमोलका अलावा रोविन तामाङ, सिर्जना सुब्बा, कमलमणि नेपाल, रेशा आले मगर, देवकुमार श्रेष्ठ, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानलगायतको अभिनय छ ।
टिजर हेर्नुहोस्: