शाहरुख र दीपिका एकसाथ हुँदा कसरी रेकर्ड तोड्छन ?



बहुप्रतिक्षित चलचित्र ‘पठान’ तीन दिन अघि मात्र जनवरी २५ मा रिलिज भएको थियो । यो चलचित्र सुरुवाती दिनदेखि नै ब्लकबस्टरको रूपमा अघि बढेको छ । भारतमा गणतन्त्र दिवसको बिदामा ७० करोड बढिको व्यापार गर्दै ‘पठान’ले प्रमाणित गरेको छ कि शाहरुख खान आज पनि महान् सुपरस्टार मध्ये एक हुन् । र यसले यो पनि स्पष्ट गरेको छ कि दीपिका पादुकोणसँग उनको जोडी सधैँ ऐतिहासिक रहन्छ ।

यी दुवै कलाकार पहिलोपटक सन् २००७ को बलिउड चलचित्र ‘ओम शान्ति ओम’मा सँगै देखा परेका थिए । यसले बलिउडमा दीपिका पादुकोणको डेब्यूलाई सफल तुल्याएको थियो । यो चलचित्रको विकेन्ड कलेक्सन भारु. २१.७४ करोड थियो जुन त्यो समयको सबैभन्दा उच्च थियो । यसको आजीवन कलेक्सन सन् २००६ को ‘धूम २’को भारु. ८१.०१ करोड पछि भारु. ७८.१७ करोडको दोस्रो ठूलो थियो ।

त्यसको छ वर्ष पछि शाहरुख र दीपिका ‘चेन्नई एक्सप्रेस’का लागि पुन: एकसाथ काम गरे । यि दुईका फ्यानहरूले फिल्ममा उनीहरूको केमेस्ट्रीलाई पुन: मन पराए । ‘चेन्नई एक्सप्रेस’ले भारु. ३३.१२ करोड कलेक्सन गर्दै ओपनिंगमा रेकर्ड राख्यो । त्यतिमात्र होईन यसले पहिलो विकेन्डमा भारु. १००.४२ करोडको रेकर्ड पनि राख्यो ।

त्यसको एक वर्षभन्दा बढी समयपछि रिलिज भएको ‘ह्याप्पी न्यू इयर’मा पनि दीपिकाले शाहरुखसँग अभिनय गरिन् । यसले भारु. ४४.९७ करोडको ओपनिंग गर्दै पहिलो विकेन्डमा भारु. १०८.८६ करोड कलेक्सन गर्‍यो जुन आफैमा रेकर्ड थियो ।

यतिबेला ‘पठान’ले पनि यस्तै मार्ग अनुसरण गरेको छ । यो एक एक्सन फिल्म हो । यद्यपि यसमा शाहरुख र दीपिकाबीचको रोमान्स कथाको एक महत्त्वपूर्ण हिस्सा रहेको छ । चलचित्र रिलिज अगावै ‘बेशरम रंग’ गीतमा उनीहरुको केमिस्ट्री चर्चाको बिषय बनेको थियो र यसले ‘पठान’को प्रचारमा ठूलो योगदान पुर्‍यायो ।

शाहरुख र दीपिकालाई सँगै कास्ट गरेका सबै चलचित्रले रेकर्ड तोडेका छन् । यि रेकर्डहरुले यो जोडीलाई सबैभन्दा सफल जोडीहरू मध्ये एक बनाएका छन् । वा भारतीय चलचित्रको सबैभन्दा सफल जोडीको रुपमा लिन सकिन्छ ।

  • बलिउड हंगामाबाट
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu