सांस्कृतिक संस्थान सबै नेपालीको साझा संस्कृतिको फुलबारी बनोस्: मन्त्री किराँती



काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सांस्कृतिक संस्थान सबै नेपालीको साझा संस्कृतिको फुलबारी बन्नुपर्ने बताएका छन् । संस्थानद्वारा आयोजित ‘वसन्त शास्त्रीय उत्सव २०७९’ तथा कलाकार प्रशिक्षण अन्तर्गत २९औं ब्याचका प्रशिक्षार्थीको दिक्षान्त समारोहमा बोल्दै मन्त्री किरातीले भने, ‘राजा महाराजाले एउटा मुल्यमा स्थापना गरेको यो संस्था अहिले गणतान्त्रिक संस्कृतिमा रुपान्तरीत भएको छ । यो संस्था सबै नेपालीको साझा संस्कृतिको थलो बन्नुपर्छ ।’

संस्थानद्वारा सञ्चालित अभिनय, नृत्य, गायन तथा बाद्यबादन विधामा ६ महिना प्रशिक्षण लिएका विद्यार्थीहरुको दीक्षान्त समारोहमा उनीहरुले आआफ्नो विधामा आकर्षक प्रस्तुति दिएका थिए । सबै विधाका गरी लगभग डेढ सय विद्यार्थीलाई समारोहमा प्रमाणपत्रसहित दिक्षित गरिएको थियो । संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोकप्यासी राईले प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा अभिनयका प्रशिक्षार्थीहरुले नाटक ‘शंख घोष’ मञ्चन गरे । वरिष्ठ नाट्यकर्मी बिरेन्द्र हमालको परिकल्पना तथा निर्देशन रहेको नाटक हेरेका मन्त्री किराँती, राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीलगायतले प्रशंसा गरेका थिए । राज्यमन्त्री ठकुरीले नेपाली संस्कृतिको जगेर्ना र प्रवर्धनमा सांस्कृतिक संस्थानको ठुलो योगदान रहेको बताईन् ।

संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै पछिल्लो समय संस्थान लक्ष्य र उद्देश्यमा आधारित परिणाममुखी काममा लागेको बताए । ‘बर्तमानमा गरेका नीतिगत निर्णय र कामहरु भविश्यमा संस्थानका लागि तागत बन्नुपर्छ’, महाप्रबन्धक राईले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu