‘शुभ विवाह’ बनाउँदै असिफ, निर्देशन र अभिनय पनि आँफैले गर्ने



काठमाडौँ।
अभिनेता असिफ शाहले नयाँ चलचित्र ‘शुभ विवाह’ बनाउने भएका छन्। आफ्नै निर्देशनमा बन्ने यो चलचित्र कमेडी हुने बताइएको छ।

विवाहको संस्कृतिमा बन्ने यो चलचित्रमा निर्देशक असिफ आँफैले प्रमुख भूमिकामा अभिनय गर्नेछन। असिफसहित अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेतले अभिनय गर्ने बताइएको छ। यो टिमले यसअघि असिफकै प्रोडक्सन कम्पनी जी-ट्वान्टीवनले बनाएको ‘२ रुपैयाँ’ चलचित्रमा काम गरेको थियो।

यसअघि सयौँ म्युजिक भिडियो, विज्ञापन एवं चलचित्रहरु ‘कर्कश’ र ‘२ रुपैयाँ’ बनाएको यस प्रोडक्सनले पछिल्लो समय नेपाली चलचित्रहरुको डिजिटल अधिकारमा समेत लगानी गरिरहेको छ।

जी-ट्वान्टीवनका साझेदार तथा सुपरहिट चलचित्र ’२ रुपैयाँ’का निर्देशक असिम शाह प्रतिनिधि सभा सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu