धनकुटाको कन्सर्टमा भएको घटनाप्रति गायक खरेलद्वारा दु:ख व्यक्त, घाईतेको संख्या ३० पुग्यो



काठमाडौँ।
धनकुटाको तल्लो टुँडिखेलमा आयोजना भएको कन्सर्टमा ठेलमठेल हुँदा ३० जना घाईते भएका छन् । एभोकाडो एवं पाँचौं धनकुटा महोत्सवमा शनिबार राती करिब ८ बजे गायक प्रमोद खरेलले गीत गाईरहेको समयमा दर्शकको भिड एक्कासी बढेपछि नियन्त्रण बाहिर पुगेको थियो ।


घाईते सबै धनकुटा स्थानीय रहेको प्रहरीले बताएको छ । उनिहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित गोल्डेन अस्पताल र धनकुटा अस्पतालमा उपचार भईरहेको छ । १२ जना भने सामान्य उपचारपछि घर फर्केका छन् ।


घाईतेहरुलाई भेट्न गायक खरेल अस्पताल जाने बताईएको छ । उनको आफु सहभागी कार्यक्रममा भएको दु:खद घटनाबारे दु:खी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu