‘पशुपति प्रसाद’ सात बर्ष पुगेपछि सिक्वेल घोषणा



काठमाडौँ।
सुपरहिट नेपाली चलचित्र ‘पशुपति प्रसाद’ रिलिज भएको सात बर्ष पुरा भएको छ । यहि अवसरमा निर्माता कम्पनी टुकी आर्टसले केक काटेर खुसीयाली मनाउँदै यसको सिक्वेल घोषणा गरेको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘पशुपति प्रसाद २: भष्मे डन’ नाम रहने गरी सिक्वेल घोषणा गरिएको हो । यसलाई पनि दीपेन्द्र के खनालले नै निर्देशन गर्नेछन् । ‘पशुपति प्रसाद’का प्रमुख अभिनेता खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने यो चलचित्रको शिर्ष भूमिकामा बिपिन कार्की रहनेछन् । सिक्वेलमा लामिछानेले भने अभिनय गर्नेछैनन् । अघिल्लो चलचित्रमा बिपिन ‘भष्मे डन’को भूमिकामा निकै रुचाईएका थिए ।

चलचित्रमा बिपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकारको अभिनय रहनेछ । कृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दिर्घ खड्काको सम्पादन रहनेछ ।

साथै, यो चलचित्रको रिलिज मिति पनि तोकिएको छ । २०८० सालको वडा दशैंको फूलपातीमा चलचित्र रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu